०५ साउन २०८३, मंगलबार

पाकिस्तानको कार्यबाहक प्रधानमन्त्री बने काकर

साउन २८, २०८०
काठमाडौं
पाकिस्तानको कार्यबाहक प्रधानमन्त्री बने काकर

पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीमा अनवर–उल–हक काकर चुनिएका छन् ।

पाकिस्तानमा संसद् भंग गरेर निर्वाचनको तयारीका लागि अन्तरिम प्रधानमन्त्रीका रूपमा काकरलाई कार्यबाहक जिम्मेवारी दिइएको छ ।

राजनीतिक उथलपुथलबीच काकरको काँधमा ठूलो जिम्मेवारी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी बलूचिस्तान अवामी पार्टी (बीएपी) का वरिष्ठ नेता हुन् ।

कार्यबाहक प्रधानमन्त्री चुनिएपछि उनले ट्वीटमा लेखेका छन्, ‘सर्वशक्तिमान अल्लाहलाई धन्यवाद ! जसले मलाई पाकिस्तानको कार्यबाहक प्रधानमन्त्रीको रूपमा राष्ट्रको सेवा गर्ने अवसर दिए ।’

काकर नेतृत्वको कार्यबाहक सरकारले अब ९० दिनभित्र चुनाव गराई नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्नुपर्नेछ । सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा काकर प्रधानमन्त्री चुनिएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्