एकपछि अर्को गर्दै रेकर्ड बनाएको गोलभेँडाको भाउ घट्न थालेको छ । आइतबारसम्म आइपुग्दा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गोलभेडाँ ठूलोको अधिकतम मूल्य प्रतिकिलो १५० रुपैयाँ कायम भएको छ । जवकि गोलभेँडाको ठूलोको मूल्य १८० रुपैयाँ भन्दा बढीसम्म पुगेको थियो ।
यस्तै गोलभेँडा सानोको ७०, टनेलको गोलभेँडाको १०० रुपैयाँ मूल्य कायम भएको छ । यसैगरी आलु रातोको ५०, मकै बोडीको ८०, टाटे सिमीको ६०, लौकाको ५०, स्कुसको ६०, न्यूरोको ९५, तामाको १००, अनारको ३५० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः
