कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडाैं | साउन २८, २०८०
मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव र उनका श्रीमान् रामानन्द यादवले मातहतका कार्यालयसँग पीसी (पर्सनल कमिसन) मागेर हैरान बनाएको आरोप कर्मचारीहरूले लगाएका छन् ।
गत आर्थिक वर्षमा सम्पन्न भएका आयोजनाको भुक्तानी भएपछि २० देखि ३० प्रतिशतसम्म पीसी मागेर कार्यालय प्रमुखहरूलाई हैरान बनाइएको सम्बन्धित कार्यालयका कर्मचारीहरूले बताएका हुन् ।
गत आर्थिक वर्षमा उक्त मन्त्रालयले रकमान्तर गरी करोडौंका योजना धनुषाको जनकपुर, सिरहाको लहान र पर्साको वीरगञ्जस्थित पर्यटन विकास कार्यालयहरूमार्फत सञ्चालन गरेको थियो ।
मन्त्री यादव आफैं र उनका श्रीमान् रामानन्द ती तीनवटै पर्यटन कार्यालयका कार्यालय प्रमुखहरूलाई पीसी दिन दबाब दिइरहेको ती कार्यालयका कर्मचारीहरूले बताए ।
पर्यटन विकास कार्यालय जनकपुरमा कार्यरत एक कर्मचारीका अनुसार गत आर्थिक वर्षमा धनुषामा भुक्तानी भएको ३६ करोड रुपैयाँको योजनामा मन्त्री यादव र मन्त्रीका श्रीमान रामानन्द यादवले पीसीका लागि दबाब दिइरहेका छन् ।
'मन्त्रीज्यू र उहाँको श्रीमानले कार्यालय प्रमुखहरूलाई भेट्न आउनुस् भनेर फोन गर्नुहुन्छ,' ती कर्मचारीले लोकान्तरसँग भने, 'त्यहाँ भेट्न गएपछि सिधा कमिसन 'पीसी' माग्ने गरेको स्थिति छ ।'
गत आर्थिक वर्षमा धनुषामा ६९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ३६ करोड रुपैयाँको मात्र काम भएको थियो । त्यसमध्ये ३४ करोड रकम भुक्तानी भएर २ करोड रुपैयाँ बाँकी छ ।
खर्च नभएको झन्डै २४ करोड रुपैयाँ बजेट भने 'सरेन्डर' भएको थियो ।
'भुक्तानी भएको ३४ करोड रकममध्ये ठेकेदारबाट उठाएर २५ देखि ३० प्रतिशतसम्म पीसी देऊ भनेर कार्यालय प्रमुखलाई मन्त्रालयमै बोलाएर मन्त्रीज्यू र उहाँको श्रीमानले दबाब दिनुहुन्छ,' ती कर्मचारीले लोकान्तरसँग थपे, 'त्यसपछि फेरि मन्त्रालयका निमित्त सचिव जयकुमार राउतमार्फत फोन गराई मन्त्रालय भेट्न बोलाउने गरेको अवस्था छ ।'
मन्त्री यादवले ६९ करोड रकमका सबै योजना टुक्राएर कोटेसनमार्फत काम गराउन दबाब दिएको उनको दाबी छ ।
'असार ४ गते मन्त्रीज्यूले रकमान्तर गरी १० लाख रुपैयाँभन्दा मुनिका योजनामा कोटेसनमार्फत काम गराउन दबाब दिनुभएको थियो,' ती कर्मचारीले थपे, 'उनकै दबाबमा ९ वटा योजनामा कोटेसनमार्फत काम भए पनि बाँकी ई-बिडिङबाटै काम गराइएको थियो ।'
१० लाख, १५ लाख, २० लाख, ३० लाखदेखि १ करोड रुपैयाँ समेतका कुल ३१८ वटा योजनामा ३६ करोडको काम भएको उनले बताए ।
'एक त १० लाख रुपैयाँको योजनामा ठेकेदारले घटीघटाउमा गएर ५ देखि ७ लाखसम्ममा काम गरेका छन्,' उनले थपे, 'घाटा लगाएर काम गरेको अवस्थामा मन्त्रीज्यूका लागि हाकिम सा'बले कुन मुखले पीसी माग्ने?'
मन्त्री र मन्त्रीका श्रीमानले पीसीका लागि पटक-पटक दबाब दिन थालेपछि कर्मचारीहरू आफूलाई सरुवा गराइदिन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाउन थालेका छन् ।
यस विषयमा उक्त कार्यालयका कार्यालय प्रमुख मीन भट्टराईसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।
तर मन्त्री सुनिता यादव र उनका श्रीमान् रामानन्द यादवले भने उक्त आरोप गलत रहेको बताएका छन् ।
मन्त्री यादवले लोकान्तरसँग भनिन्, 'त्यो सबै आरोप गलत हो । कुन कर्मचारीले भन्यो, त्यसको नाम बताउनुस् । आरोप लगाएर मात्र हुँदैन । मैले पीसी मागेको कुनै प्रमाण छ भने त्यो ल्याउनुस् ।'
त्यसैगरी मन्त्री यादवका श्रीमान् रामानन्द यादवले पनि आफूले कुनै पनि कार्यालय प्रमुखसँग पीसी नमागेको बताए ।
'पर्यटन कार्यालयहरूले स्वतन्त्रतापूर्वक काम गर्न सकुन् भन्ने उद्देश्यले अहिलेसम्म म कुनै पर्यटन कार्यालय गएको पनि छैन,' उनले लोकान्तरसँग भने, 'सबै आरोप गलत हो ।'
मन्त्री यादवविरुद्ध अख्तियारमा पनि उजुरी
मन्त्री यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा साविकको उद्योग, पर्यटन तथा वन मन्त्रालयका मन्त्री सुनिता यादव र सहायक वन अधिकृत लालबाबु यादवले शंकास्पद तरिकाले गत वर्ष ४२ करोड बराबरको २६३ वटा नयाँ योजना मन्त्री यादवले संशोधन गरी रकमान्तर गरेको भनी अख्तियारमा उजुरी परेको थियो ।
मधेश प्रदेशका जिल्लाका लागि सार्वजनिक भएको रेडबूकमा समावेश योजनाको रकम नियमविपरीत रकमान्तर गरी अनियमितता गरेको भन्दै उजुरी परेको हो । त्यस विषयमा अख्तियारले मन्त्रालयसँग छानबिन प्रतिवेदन माग गरेको छ ।
मन्त्री यादव नेकपा (माओवादी केन्द्र)की नेत्री हुन् । उनी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग निकट मानिन्छन् ।
उनी शहीदपुत्री समेत हुन् । उनी माओवादी जनयुद्धका संस्थापक नेतामध्ये एक धनुषाको बरमझियाका 'मास्टर साहेब' रामवृक्ष यादवकी छोरी हुन् । रामवृक्षको जनयुद्धकालमा हत्या भएको थियो ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...