२३ जेठ २०८३, शनिबार

आम्दानीले डेराभाडा तिर्न नसकिने अवस्था आउँदैछः ओली

साउन २८, २०८०
काठमाडौं
आम्दानीले डेराभाडा तिर्न नसकिने अवस्था आउँदैछः ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । 

उनले घरबेटीले बहाल उठाउन नसक्ने र डेरामा बस्नेले भाडा तिर्न नसक्ने अवस्था आउन सक्ने बताए । 'अर्थतन्त्र डरलाग्दोगरी ओरालो लाग्दै छ । नेपालीहरूको आम्दानीले केही गर्न नसकिने अवस्था आउँदै छ,' उनले भने, 'डेराबाट जसले आम्दानी गरिरहेको छ त्यो आम्दानीले केही समयपछि काम गर्न छोड्छ । डेरा भाडा बढाउन सक्ने स्थिति छैन । जसले तिरिरहेको छ उसको आम्दानीले तिर्न पुग्दैन । भोलि भयावह स्थित आउँदै छ । हामी सबै गम्भीर हुन जरूरी छ ।'

आइतवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले निर्माण व्यवसायीहरू भुक्तानी पाउन आन्दोलन गर्नुपर्ने अवस्था आउनु गम्भीर भएको बताएका हुन् । 'निर्माण व्यवसायीहरूले काम गरेको पैसा मागिरहेका छन् । सरकार दिन सक्दैन । यस्तो अवस्था छ,' उनले भने, 'यसै स्थितिबाट देश अगाडि बढ्न सक्दैन ।' 

अर्थतन्त्रको समस्या समाधान गर्नेतर्फ सरकार उदासीन बनेको ओलीले आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्