
नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘एक्सन’पछि सिम्रिक एयरले ५५ लाख बक्यौता रकम बुझाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सिम्रिकले तिनुपर्ने असार मसान्तसम्मको बाँकी बक्यौता (५५ लाख १२ हजार ११२ रुपैयाँ) आइतवार भुक्तानी गरेको हो ।
बक्यौता नतिरेको भन्दै प्राधिकरणले सिम्रिक एयरको उडानमै रोक लगाउने निर्णय बिहीवार गरेको थियो ।
प्राधिकरणको एक्सनपछि सिम्रिकले सबै बाँकी बक्यौता चुक्ता गरेको पनि प्राधिकरणले जानकारी दिएको छ ।
सिम्रिकले बाँकी बक्यौता भुक्तानी गरेसँगै प्राधिकरणले उडानमा लगाएको रोकावटलाई समेत हटाएको छ । अब सिम्रिकले नियमित उडान गर्न पाउने भएको छ ।