०६ असार २०८३, शनिबार

२ लाख ७५ हजार घुससहित शहीदनगर नगरपालिकाका इन्जिनियर पक्राउ

साउन २८, २०८०
काठमाडौं
२ लाख ७५ हजार घुससहित शहीदनगर नगरपालिकाका इन्जिनियर पक्राउ
फाइल फोटो

१ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीसँगै उनका साथी गुरुदेव यादवलाई पनि पक्राउ गरेको छ ।

शहीदनगर नगरपालिका वडा नम्बर ३ स्थित पशु सेवा केन्द्रको भवनबाट उनीहरूलाई पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

वाल निर्माण कार्य सम्पन्नपश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्