काठमाडौं, २६ पुस — घुँडा मारेर बसेकी एक महिलाको तीनवटा खुट्टा देखिने तस्वीरले अहिले इन्टरनेट हल्लाइरहेको छ । हैन, यसको वास्तविकता के हो ?

एकजनाले त यसको रहस्य पत्ता लगाउन आफूलाई दुई वर्ष लागेको बताए ।
तपाईं पत्ता लगाउन सक्नुहुन्छ त ?
खासमा ती महिलाले एउटा खैरो रंगको फूलदानी बोकिरहेकी छिन् । त्यो ठ्याक्कै उनको खुट्टा जस्तै देखिन्छ ।
यति जाबो कुरा पत्ता लगाउनका लागि दुई वर्ष बिताउनुपर्ने त कुनै कारण छैन ।
मिरर युके