२२ जेठ २०८३, शुक्रबार

शिक्षक महासङ्घद्वारा स्थानीय तहमा धर्ना

साउन २८, २०८०
काठमाडौं
शिक्षक महासङ्घद्वारा स्थानीय तहमा धर्ना

नेपाल शिक्षक महासङ्घले नेपाल सरकारबाट सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेकोे विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरूको सही सम्बोधनका लागि दबाब दिन आज देशका सबै पालिकामा तीनघन्टे धर्ना कार्यक्रम गरेको छ ।

महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार आबद्ध संस्था र मातहतका कमिटीमार्फत धर्ना सञ्चालन गरिएको र यही साउन ३० गते जिल्ला र ३२ गतेका प्रदेशस्तरीय दबाब कार्यक्रम सञ्चालन हुनेछ ।

महासङ्घले विगतमा भएको सहमतिका आधारमा राहत र उमावि शिक्षकको स्थायित्व, सिकाइ अनुदान, सेवासुविधा, श्रमिक अधिकार आदि सवालमा कुनै परामर्श नगरी विधेयक तयार गरिएकामा असन्तुष्टि जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्