३१ जेठ २०८३, आइतबार

सडकमा पुरिएकी महिलाको उद्धार

साउन २८, २०८०
काठमाडौं
सडकमा पुरिएकी महिलाको उद्धार

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित अरनिको राजमार्गसँग जोडिएको कच्ची सडक भासिँदा पुरिएका एक ३० वर्षीया महिलाको आज उद्धार गरिएको छ । राजमार्गबाट उक्त सडकतर्फ हिँडिरहेका बेला अविरल वर्षाका कारण सडक भासिएपछि स्थानीय कान्छामाया तामाङ पुरिएकी थिइन् । 

    जिल्ला प्रहरी कार्यालय धुलिखेलको प्रहरी टोलीले तामाङको उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल पुर्‍याएको हो । मुख र शरीरका अन्य केही भागमा चोट लागेको तामाङको उपचार भइरहेको परिवारले जनाएको छ । गाडीबाट घरतर्फ जाँदैगर्दा तामाङ पुरिएको बताइएको छ । अविरल वर्षाका कारण स्तरोन्नति भइरहेको राजमार्गको धुलिखेल–खावा चार किलोमिटर सडकखण्डमा दर्जन स्थानमा पहिरो खसेका कारण यातायातका साधन आवतजावतमा कठिनाइ भएको छ । 

यसमध्ये पकुचादेखि धुलिखेलसम्मको क्षेत्रमा सबैभन्दा बढी जोखिम देखिएकाले मेशिनद्वारा पहिरो पन्छाएर आवातजावत सहज बनाइरहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । निर्माणाधीन सडकमा ढलको निकाश नहुँदा सडकबाटै पानी बगिरहेको छ भने सडक माथिबाट पहिरोसँगै लेदो खसिरहँदा निकै कठिनाइ भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्