१७ असार २०८३, बुधबार

जनमत पार्टी फेरि सरकारमा, मन्त्री अनिता देवीले लिइन् शपथ

साउन २९, २०८०
काठमाडौं
जनमत पार्टी फेरि सरकारमा, मन्त्री अनिता देवीले लिइन् शपथ

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जनमत पार्टीकी साहलाई मन्त्रीको शपथ खुवाएका हुन् । 

शीतलनिवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति पौडेलले सोमवार बिहान संघीय मामिला मन्त्रीका रूपमा साहलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

माओवादीका अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमतकी साहलाई संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

चार महिनाअघि पनि जनमतका अब्दुल खान खानेपानी मन्त्री भएका थिए । तर, उद्योग मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्