२४ जेठ २०८३, आइतबार

बंगलादेशमा डेंगुबाट मृत्यु हुनेको संख्या ४०० नजिक, ८५ हजार बढी संक्रमित

साउन २९, २०८०
काठमाडौं
बंगलादेशमा डेंगुबाट मृत्यु हुनेको संख्या ४०० नजिक, ८५ हजार बढी संक्रमित

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा डेङ्गुका कारण थप ११ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको र जनवरीयता डेङ्गुका सङ्क्रमितको सङ्ख्या ८५ हजार ४११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अस्पताल र क्लिनिकबाट थप दुई हजार ९९१ जना निको भएर घर फर्केपछि निको हुनेको सङ्ख्या ७५ हजार २८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस वर्षको अगष्टमा १४७, जुलाईमा २०४ र जुनमा ३४ जनाको मृत्यु भएको छ ।    गत महिना ४३ हजार ८५४ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण देखिएपछि अगस्टको पहिलो १३ दिनमा थप ३३ हजार ५७९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग डेङ्गु ज्वरा आउँदा टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षण हरू देखा पर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्