२८ जेठ २०८३, बिहीबार

बानेश्वरमा कांग्रेस संसदीय दलको निर्णायक बैठक, पदाधिकारीले बोलेपछि सकाउने तयारी

साउन २९, २०८०
काठमाडौं
बानेश्वरमा कांग्रेस संसदीय दलको निर्णायक बैठक, पदाधिकारीले बोलेपछि सकाउने तयारी

सत्तारूढ नेपाली कांग्रेसको संसदीय दलको तेस्रो दिनको बैठक आज पनि बसिरहेको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा कांग्रेस दलको निर्णायक बैठक बसिरहेको हो ।

आज पदाधिकारीले बोलेपछि बैठक सकाउने तयारी छ । अहिले महामन्त्री गगन थापासहितका पदाधिकारी बोल्दैछन् ।

कांग्रेसले अवरुद्ध संसद्, संसदमा विचाराधीन विधेयक, सरकारका काम कारवाही, नागरिक सरोकारका विषय र शैक्षिक प्रमाणपत्र किर्ते आरोपमा मुछिएका सांसद सुनिल शर्माबारे निर्णय गर्दैछ । 

शर्मा पक्राउ परेलगत्तै प्रतिशोध साँधिएको भन्दै कांग्रेसकै सांसदबाट सरकारको कदमको आलोचना भएको थियो ।

तर, शर्मा एमाले अध्यक्ष केपी ओलीको निवास गएको र कांग्रेसकै मन्त्रीमाथि जथाभाबी बोल्न थालेपछि उल्टै आलोचना भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्