०४ साउन २०८३, सोमबार

तीन अंकले घट्यो नेप्से परिसूचक, दुई अर्ब नौ करोडको कारोबार

साउन २९, २०८०
काठमाडौं
तीन अंकले घट्यो नेप्से परिसूचक, दुई अर्ब नौ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ ।

आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँमा कारोबार भएका छन् । आजको कारोबारमा बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्यूचुअल फण्डको उपसमूहमा हरियाली देखिएको छ ।

फाइनान्स, होटल तथा टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ अन्य उपसमूहमा भने रातो देखिएको छ । आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९७ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ४४ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले बढेको छ ।

साथै सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड छ । कम्पनीको शेयर मूल्य छ दशमलव ४६ प्रतिशतले घटेको छ । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको चार दशमलव ८० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको चार दशमलव २९ प्रतिशत, शुभम् पावर लिमिटेडको तीन दशमलव ७२ प्रतिशत र सानिमा ग्रोथ फण्डको शेयर मूल्य तीन दशमलव ६९ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि बजारपुँजीकरण रु ३१ खर्ब १० अर्ब ५९ करोड ५३ लाख ४१ हजार ३४ दशमलव आठ पैसा पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्