
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदन 'हाइज्याक' गरिएको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक निरन्तर अवरुद्ध गरेपछि संसद्बाट बाहिरिने क्रममा लामिछानेले सदन सदन 'हाइज्याक' गरिएको आरोप लगाएका हुन् ।
उनले सभामुखको क्रियाकलाप्रति पनि असन्तुष्टि जनाए । 'सभामुख र सचिवालयको क्रियाकलापले सदनलाई हाइज्याक गरियो । प्रमुख प्रतिपक्षका सांसदले बोल्दा बोल्दै अर्को प्रक्रियामा गयो । यसरी संसद् हाइज्याक गर्न पाइँदैन,' उनले भने, 'सम्मान कायम राख्न सक्नु पर्दछ । दल छोडेर संसद् छिरिसकेपछि, सम्मानित कुर्सीमा बसिसकेपछि दलको बन्न पाइँदैन । व्यवहार र क्रियाकलापले, भित्री र बाहिरी रूपमा दलको बन्न पाइँदैन । मिलीजुली संसद् बन्धक बनाउन पाइँदैन । हामी यसको घोर विरोध गर्न चाहन्छौं ।'
सोमवार पनि एमालेले नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो । सुन प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।
एमालेको अवरोधका कारण भदौ ३ गते १ बजेसम्मको लागि सभामुखले बैठक स्थगित गरेका हुन् ।