![अर्जुनले ल्याए ‘पानी परेको’ गीतको फिमेल भर्सन [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Arjun-simran_suYjznrXpm.jpg)
गायक अर्जुन सापकोटाले ‘पानी परेको’ बोलको गीतलाई फिमेल भर्सनमा सार्वजनिक गरेका छन् । ९ महिनाअघि उनको एकल स्वरमा सार्वजनिक गीतले स्रोता–दर्शकबाट माया पाएको थियो ।
सोही गीतको फिमेल भर्सन सोमवार दिउँसो सार्वजनिक गरिएको हो । गीतमा नव प्रतिभा बागलुङकी सिम्रन परियारले स्वर दिएकी छन् ।
यसको भिडियोमा पनि स्रिमनले अभिनय गरेकी छन् । उनको जोडी बनेर अर्जुन स्वयंम प्रस्तुत छन् । साथमा बेगम नेपाली ‘भगभटे माइला’ पनि देखिएका छन् ।
भिडियोलाई चल्तीका निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । दुर्गा पौडेलले यसको छायांकन गरेका हुन् भने दीपक विष्टले सम्पादन गरेका हुन् ।
कृष्ण बस्यालको शब्द रहेको ‘पानी परेको’गीतमा अर्जुनको संगीत, सुनील परियारको एरेन्ज छ ।