०१ असार २०८३, सोमबार

माओवादीले अब वैधानिक रुपमै जनसरकार चलाउने प्रचण्डको घोषणा

कात्तिक २०, २०७४
माओवादीले अब वैधानिक रुपमै जनसरकार चलाउने प्रचण्डको घोषणा
रुकुम, १ असोज- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा स्थानीय जनसरकार चलाएको माओवादीले अब वैधानिक रुपमै जनसरकार चलाउने घोषणा गरेका छन्।
prachanda
‘रुकुममा माओवादीले पहिला नै जनसरकार चलाएको हो। अब चिज हात परेको छ, रुकुम फेरि माओवादीको किल्लाको रुपमा स्थापित भएको छ ’, शनिबार पूर्वी रुकुमको रुकुमकोटमा आयोजित माओवादी जनसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘त्यसैले अब माओवादीले रुकुममा वैधानिक रुपमै जनसरकार चलाउँछ।’

रुकुमको पूर्वी क्षेत्र छुट्टै जिल्ला भएकोमा स्थानीयवासीलाई बधाई दिँदै प्रचण्डले रुकुमका सबै तहमा माओवादीले विजय भएको भन्दै खुशी व्यक्त गरे, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्