
काठमाडौं, १ असोज — साध्वीमाथि बलात्कार गरेको आरोपमा जेल परेका डेरा सच्चा सौदा प्रमुख राम रहीमका सम्बन्धमा दिनदिनै नयाँ नयाँ खुलासा भइरहेका छन् ।

फेसबूक मेसेन्जरको एक स्क्रीनशटबाट पत्ता लागेअनुसार बाबाकी प्रियपात्र हनीप्रीत नाइट पार्टी गराउँथिन् जसमा राम रहीमबाहेक अन्य कुनै पुरुष जान पाउँदैनथिए ।
प्रहरीले पत्ता लगाएअनुसार हनीप्रीतले राम रहीमका लागि रुबरु नामक रात्रिकालीन पार्टी आयोजना गर्थिन् ।
यो पार्टीमा राम्रो खानदानका युवती तथा महिलाहरूलाई १२ देखि १५ हजार भारु लिएर ल्याइन्थ्यो ।
पार्टीमा महिला मात्र जान पाउँथे र पुरुष चाहिँ बाबा मात्र हुने गर्थे । उनी चमत्कार देखाएर अनि द्विअर्थी गीत गाएर महिलालाई वशमा पार्थे ।
पार्टीमा बाबाले अनेकौं भेषभूषासहित युवतीहरूसित नाचगान गर्थे ।
अगाडिको लाइनमा बस्नेहरूसँग लाखौं रुपैयाँ टिकटबाट असुलिन्थ्यो भने अलि टाढा बस्नेहरूलाई कम पैसामा टिकट दिइन्थ्यो ।
फेसबूक च्याटबाट साध्वीहरू एजेन्टका रूपमा काम गर्ने खुलासा भएको छ । एजेन्टले युवतीहरूलाई बाबानजिक पु–याउने भने पैसा असुल्थे ।
उनीहरू युवतीलाई एक्लै आउन लगाउँथे । पुरुषहरूलाई त्यहाँ जान रोक थियो ।
एजेन्सी