कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतवार विश्वासको मत लिने भएका छन् ।
उनले भदौ ३ गते आइतवार विश्वासको मत लिनका लागि सचिवालयमा निवेदन समेत दिएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापाले १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिनका लागि कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा २०७४ (पहिलो संशोधनसहितको नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत लिनका लागि निवेदन दिएका हुन् ।
थापा गत साउन १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
यसैबीच आजै बसेको काेशी प्रदेशसभाकाे बैठकमा उपसभामुख सिर्जना दनुवारले भदौ ४ गते विश्वासको मत लिनका लागि समय ताेकेकी छिन् ।
मुख्यमन्त्री थापाले ३ गतेकाे समय मागेका भए पनि उपसभामुख दनुवारले ४ गते साेमवारका लागि समय दिएकी हुन् ।