१२ असार २०८३, शुक्रबार

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान, जिम्मेवारी तोकियो

भदौ १, २०८०
काठमाडौं
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान, जिम्मेवारी तोकियो

प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी गणेश कुमार श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 
शुक्रबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

उनी श्रावण ३० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए । 

 हाल निमित्त कार्यरथीको रुपमा कार्यरत उपरथी श्रेष्ठ पदोन्नतिसँगै कार्यरथीमा नियुक्त भएका छन् । 

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्कालगायतको उपस्थिति रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्