२५ जेठ २०८३, सोमबार
राजनीति

एमालेको सर्कुलर : नेतालाई बिदा गर्नेदेखि विभागमा मनोनयन र जिम्मेवारी हेरफेरसम्म [पूर्णपाठ]

भदौ १, २०८०
काठमाडौं
एमालेको सर्कुलर : नेतालाई बिदा गर्नेदेखि विभागमा मनोनयन र जिम्मेवारी हेरफेरसम्म [पूर्णपाठ]

नेकपा एमालेले केन्द्रीय सचिवालयको २३औं र २४औं बैठकको निर्णयअनुसार पार्टीपंक्तिमा अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरेको छ।  एमालेको सचिवालय बैठक क्रमशः गत असार ३० र साउन २९ गते केन्द्रीय कार्यालय च्यासलमा बसेको थियो । 

सर्कुलरअनुसार एमालेले केही नेतालाई पार्टीबाट बिदा गर्नेदेखि प्रदेश अधिवेशनदेखि विभागमा मनोनयन र जिम्मेवारी हेरफेरसहितका विभिन्न निर्णय भएको छ । यस्तै प्रदेश अधिवेशनका सम्बन्धमा पार्टी कमिटीलाई आवश्यक निर्देशन दिएको एमालेले पार्टी र जनसङ्गठनको उम्मेदवारी शुल्क, सामाजिक सञ्जालको प्रयोग, सार्वजनिक कार्यक्रममा फोटोको प्रयोगका सम्बन्धमा पनि आवश्यक निर्णय गरेको छ । 

एमालेले चार जना नेतालाई कामबाट बिदा दिने निर्णय गरेको छ । अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) लाई हाललाई कामबाट  बिदा दिने निर्णय गरेको हो । स्वास्थ्यलगायतका कारण देखाउँदै हाललाई पार्टीको कामबाट बिदा दिइएको एमालेको भनाइ छ । 

एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही नेताहरूको हकमा अवस्था र कारण बुझेर अर्को बैठकबाट आवश्यक निर्णय लिने पनि उल्लेख छ । 

यस्तै केशव स्थापित र प्रमोद नारायण यादवलाई केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेअनुसार केन्द्रीय कमिटी सदस्यबाट बिदा गरिएको एमालेले जनाएको छ । 

यस्तै एमालेले पृथ्वी सुब्बा गुरुङ नेतृत्वमा १५ सदस्यीय संसदीय विभाग बनाएको छ । यस्तै प्रचार विभागमा डा महेन्द्र विष्टसहित ११ जना सदस्य मनोनीत भएका छन् ।  विपद् व्यवस्थापन विभाग, कृषि तथा पशुपक्षी विभाग, खानेपानी विभाग, अर्थ योजना विभाग, पार्टी स्कुल विभाग लगायतमा पनि सदस्य मनोनयन गरिएको छ । 

यस्तै गुरुप्रसाद बराल, विद्या सुन्दर शाक्य, झपटबहादुर बोहरालगायतको जिम्मेवारी हेरफेर भएको छ । 

यसैबीच एमालेले विभिन्न व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झन्डा दुरुपयोग भइरहेको ठहर गरेको छ । यसले पार्टीपंक्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको एमालेको ठहर छ । 

सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि एमालेले केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिएको छ ।

यस्तै एमालेले आत्मालोचना गर्ने विद्रोहीहरूको सदस्यता नवीकरण गर्ने निर्णय पनि गरेको छ । चुनावको बेला बागी÷विद्रोही भई कारबाहीमा परेका तर आत्मालोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने एमालेले निर्णय गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्