२५ जेठ २०८३, सोमबार

कोशी प्रदेशसभाबाट अध्यादेश सर्वसम्मत पारित

भदौ १, २०८०
विराटनगर
कोशी प्रदेशसभाबाट अध्यादेश सर्वसम्मत पारित

कोशी प्रदेशसभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ८१ को उपनियम(१) बमोजिम ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पारित गर्नका लागि आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रस्ताव गरेका थिए ।

उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्ताव पेश गर्दा आजको बैठकमा सहभागी पक्ष र प्रतिपक्षका सदस्यले विरोध गरेनन् । सो अवसरमा मन्त्री गौतमले प्रदेशको समृद्धि र विकासका निम्ति एक अर्कामा सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्दै विकास र समृद्धिका निम्ति साझा सङ्कल्प लिनुपर्ने धारणा राखे । 

प्रदेशसभाको अर्को बैठक भदौ ४ गते दिउँसो १ बजे बस्ने उपसभामुख दनुवारले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्