३० जेठ २०८३, शनिबार

एक हजार दुई सय घरधुरीमा विद्युत विस्तार

भदौ १, २०८०
म्याग्दी
एक हजार दुई सय घरधुरीमा विद्युत विस्तार

म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा एक हजार दुई सयभन्दा बढी घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । 

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न ठाउँमा एक हजार दुई सय ३८ उपभोक्ता थपिएको जनाएको छ । केन्द्रका प्रमुख प्रशान्तकुमार झाले थप १९ दशमलव सात किलोमिटर ११ केभी र ४००/२०० भोल्टेजको ५६ दशमलव ६५ किलोमिटर शाखा लाइन विस्तार गरेर विद्युत् वितरण गरेको जानकारी दिए । 

“मालिका गाउँपालिकाको रुम, बिलवाङ, औल, मगरदाङ, ढुकुरवाङ, खटेन, डाडागाउँ, किटिनी, लुप्सीपार, रघुगङ्गाको दग्नाम, दुवारी, चौरखानी, घ्याँसीखर्क, धवलागिरीको राम्चे, घण्टीवाङ, अर्गला, आरवाङलगायत बस्तीमा नयाँ लाइन विस्तार भएको हो”, उनले भने, “नौ वटा नयाँ ट्रान्सफर्मर जडान, चार वटा ट्रान्सफर्मरको क्षमता वृद्धि, १४ दशमलव दुई किलोमिटर नाङ्गो तार हटाएर कालो तार राखिएको, ३५ वटा काठ र ८१ वटा जीर्ण पोल फेरिएको छ ।”
    
उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसियाली छाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्