काठमाडौं, २६ पुस — विभिन्न अपार्टमेन्टमा गएर टिभीको रिमोट चोर्ने एकजनालाई २२ वर्षको कारावास सजाय सुनाइएको छ ।

लगातार चोरीका घटना हुन थालेपछि प्रहरीले अनुसन्धान गरेर एरिक ब्रामवेललाई पक्रियो । त्यसपछि उनलाई सजायको कम्तीमा पनि आधी समय जेलमा बिताउन लगाइयो ।
यी ३५ वर्षे व्यक्तिले अमेरिकाको इलिनोईस्थित ह्वीटन इलाकाको एक अपार्टमेन्टमा रिमोट चोरेका थिए ।
उक्त चोरीका क्रममा उनले घटनास्थलमा पञ्जा छुटाएछन् । त्यसैमा भएको डिएनएका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ब्रामवेलको लामो आपराधिक इतिहासका कारण उनीमाथि ३० वर्षे कारागार सजाय सुनाइएको थियो । यसमा रिमोट चोरेको अभियोग पनि सामेल थियो ।
रिमोटजस्तो सानो कुरा चोरेको भएपनि कानूनलाई बारम्बार ठेंगा देखाएकाले ब्रामवेलले लामो समय जेलमा बिताउनुपर्ने सरकारी वकिल रोबर्ट बर्लिनले बताए ।
मिरर युके