०८ साउन २०८३, शुक्रबार

सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन

भदौ २, २०८०
काठमाडौं
सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन

सशस्त्र प्रहरी बल (एपीएफ)का प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।

१३ नम्बर गण पर्साका प्रमुख रहेका थपलियाको शनिवार निधन भएको एपीएफका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले लोकान्तरलाई जानकारी दिए ।

थपलिया अचानक ढलेपछि तत्कालै अस्पताल पुर्‍याइएको थियो । दिउँसो १ बजे उनलाई अस्पतालले मृत घोषणा गरेको हो ।

थपलियाकाे हृदयघातको कारण निधन भएको हुन सक्ने एपीएफ मुख्यालयले जनाएको छ ।

२०६० सालमा इन्सपेक्टरबाट सरकारी सेवा शुरु गरेका थपलिया गत वर्षमात्रै एसपीमा बढुवा भएरका थिए ।

salt training

कमेन्ट गर्नुहोस्