२९ जेठ २०८३, शुक्रबार

पत्रकार एवं पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन

भदौ २, २०८०
काठमाडौं
पत्रकार एवं पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन

वरिष्ठ पत्रकार, लेखक एवं पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ ।

उनको ८६ वर्षको उमेरमा गए राति काठमाडौंमा निधन भएको हो ।

वरिष्ठ पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित थिए । विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिएका आचार्यले लामो समय पत्रकारिता गरेका थिए ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिए ।

उनका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

salt training

कमेन्ट गर्नुहोस्