०४ असार २०८३, बिहीबार

यूएईमा अलपत्र नेपालीलाई एनआरएनएले उद्धार गरेर नेपाल फर्कायो

भदौ ३, २०८०
काठमाडौं
यूएईमा अलपत्र नेपालीलाई एनआरएनएले उद्धार गरेर नेपाल फर्कायो

युएईमा अलपत्र परेका एक नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर नेपाल फर्काएको छ । 

बोक्रे ५ छत्र जोरपाटी धनकुटाका कमल बहादुर घिमिरेलाई उद्धार गरेर एनआरएनए युएईले स्वदेश पठाएको हो । 

उनले १८ महिनाअघि जागिर चेन्ज गर्ने क्रममा नयाँ कम्पनीले अफर लेटर  दिएपछि पुरानो कम्पनीमा राजीनामा दिएका थिए । 

 तर नयाँ कम्पनीले भिसा नदिएसम्म कम्पनी छोड्न नमिल्ने भन्दै भिसा क्यान्सिलेसन र पासपोर्ट नदिएर ब्याकलिस्टमा हालिदिएपछि उनी बेरोजगार भई समस्यामा परेका थिए ।

हालै उनले खानबस्नको समेत समस्या परेकाले नेपाल पठाइदिन अनुरोध गरेपछि आवश्यक व्यवस्था मिलाइएको एनआरएनए युएईका उपाध्यक्ष तथा राहत उद्धार समिति संयोजक भीम मल्ल ठकुरीले जानकारी दिए ।  

उनको  पासपोर्ट लस्टको पुलिस रिपोर्ट तयार गर्नुका साथै नेपाली राजदूतावासबाट ट्राभल डकुमेन्ट बनाएर आइतबार बिहान हिमालयन एयरलाइन्सबाट नेपाल फर्काउने व्यवस्था गरेको उनको भनाइ छ । 

 घिमिरेलाई नेपाल पठाउने प्रक्रियामा लागेको सम्पूर्ण खर्च एनआरएनए युएईले बेहोरेको प्रवक्ता रुद्र थापाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्