२२ जेठ २०८३, शुक्रबार

पाकिस्तानमा गुडिरहेको यात्रुवाहक बस इन्धन बोकेको गाडीसँग ठोक्कियो, २० जनाको मृत्यु

भदौ ३, २०८०
काठमाडौं
पाकिस्तानमा गुडिरहेको यात्रुवाहक बस इन्धन बोकेको गाडीसँग ठोक्कियो, २० जनाको मृत्यु

पाकिस्तानको पञ्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । 

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्री बासमा आगो सल्केको थियो । 

फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याएका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए ।

दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट संघीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो । दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन् । 

अघिल्लो साता पञ्जाब प्रान्तमा भएका दुई हजार आठ सय ९३ वटा शृङ्खलाबद्ध सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिए भने तीन हजार एक सय ११ जना घाइते भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्