२२ जेठ २०८३, शुक्रबार

सिम्रनका तीनवटा गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

भदौ ३, २०८०
काठमाडौं
सिम्रनका तीनवटा गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा

बागलुङकी सिम्रन परियारले एक साताको काठमाडौं बसाइमा १४ वटा गीतमा स्वर दिइन् । त्यसमध्ये आधा गीतहरू युट्युबमा सार्वजनिक भइसकेका छन् । सार्वजनिक गीतहरूले युट्युबमा राम्रो भ्युज पाइरहेका छन् । तीन वटा गीत त युट्युब ट्रेन्डिङमा​ संगीततर्फ क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा छन् । 

‘उस्लाई पाउन २’ फिमेल भर्सन आइतवार दिउँसोसम्ममा २७ लाख बढी भ्युज पाउँदै संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा छ । त्यस्तै, ‘पानी परेको’ फिमेल भर्सनले १३ लाख भ्युज पाउँदै  संगीततर्फ ट्रेन्डिङको दोस्रो नम्बरमा स्थान बनाएको छ ।

त्यस्तै, ‘ए साइँला परेली भित्र’ बोलको गीत ट्रेन्डिङको तेस्रो नम्बरमा छ । ​

सञ्चारकर्मी भोजराज थापाको युट्युब अन्तवार्ताको क्रममा गायकीका कारण सामाजिक सञ्जालमा प्रशंसा पाएपछि सिम्रनले काठमाडौं आएर गीत गाउने अवसर पाएकी थिइन् । 

उनले खेम सेञ्चुरीदेखि नरेश खाती लगायतसँग गाएका केही गीतहरू सार्वजनिक हुन बाँकी नै छन् । सिम्रन बागलुङमा कक्षा १२ अध्ययनरत छिन् । 

काठमाडौंमा रहँदा उनलाई एकपछि अर्को गीतको अफर आइरहेका थिए । यद्यपि, उनी पढाइ छुट्ने भएकाले अफर आएका गीतहरू समेत छाडेर गत बिहीवार घर फर्किएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्