२५ जेठ २०८३, सोमबार

गणेशदेव भन्छन् – अब ‘पारी बुटवल’ र ‘मोःमो मोसाज’मध्ये एउटा फिल्म बनाउँछु

भदौ ३, २०८०
काठमाडौं
गणेशदेव भन्छन् – अब ‘पारी बुटवल’ र ‘मोःमो मोसाज’मध्ये एउटा फिल्म बनाउँछु

लेखन एवं निर्देशक गणेशदेव पाण्डेले दुईवटा फिल्म निर्माणको सोच अगाडि बढाएका छन् । आफूले सोचिरहेका फिल्महरू अलग–अलग जनराको रहेको उनले जानकारी दिए । ‘लेखेर राखेका स्क्रिप्टहरू धेरै छन् । तर, अबको लागि ‘पारी बुटवल’ र  ‘मोःमो मोसाज’गरी दुईवटा फिल्म दिमागमा छन्’ गणेशदेव भन्छन् ‘त्यसमा पनि सुरुमा चाहिँ ‘मोमो मोसाज’ बनाउने सोच आइरहेको छ ।’ 

यी दुईवटै फिल्मको स्क्रिप्ट तयार गरिसकेका छन् । ‘जसमध्ये ‘पारी बुटवल’ ग्याङस्टर फिल्म हो । यो अलि ठूलो बजेटको हुनेछ । बुटवल मै सेट लगाएर छायांकन हुनेछ’ गणेशदेवले भने, ‘त्यहाँ मैले मेरो समयमा देखेका लोकल ग्याङहरूको कथामा यो फिल्म बनाउने सोच बनाएको हुँ । समाजले पिछडिएको क्षेत्र वा दबिएका मानिसलाई अपहेलित तरिकाले हेर्छ । त्यहाँबाट गुण्डा जन्माउने कथामा फिल्म बन्नेछ ।’ 

‘मोःमो मोसाज’ भने रिभेन्ज स्टोरी हो । रिभेन्ज लिन हिँडेको मान्छे प्रेमले कसरी बदलिन्छ भन्ने कथामा फिल्म निर्माण हुने गणेशदेवले जानकारी दिए । ठेलामा मोमो बेच्ने युवक र मोसाज सेन्टरमा काम गर्ने युवतीको कथा यसमा हुने उनले बताए । 

गणेशदेव फिल्म बनाउने कुरा व्यक्तिको उक्त समय र परिस्थितिको सोचले फरक पारिदिने बताउँछन् । 

‘कुनै बेला कुन फिल्म बनाउन मन लागिरहेको हुन्छ । केही समयपछि उक्त फिल्ममा त्यति रस नहुन सक्छ’ उनी भन्छन् ‘अहिलेको समयमा मलाई दुई फिल्महरू सोचमा आइरहेका छन् । त्यो सोच पछि बद्लिन पनि सक्छ । फिल्म निर्माणका लागि फेरि राइट टिम हुनुपर्छ । सोच मिल्नुपर्यो ।’ 

गणेशदेवको लेखन एवं निर्देशन रहेको फिल्म ‘जुलेबी’ गत शुक्रवारबाट देशभरका हलमा प्रदर्शनरत छ । काठमाडौंको रत्नपार्कलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, सुशील सिटौला, पुष्कर कार्की, मोनिका थापा, तुफान थापा लगायतको अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्