×

NMB BANK
NIC ASIA

चुनावी सुरक्षाका लागि कुकुरदेखि हवार्इ गस्तीसम्म, विप्लव र सीके राउतका कार्यकर्ता पक्राउ

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम १ असोज– दुई नम्बर प्रदेशका ८ जिल्लामा असोज २ गते सोमवार (भोलि) हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभाग गरी चारवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ ।

नेपाल भारतको सीमा क्षेत्रमा ‘डग स्कवाड’ सहितको टोली परिचालन गरिएको छ । हातहतियार र विस्फोटक पदार्थसहितका सुरक्षाकर्मी, तालिम प्राप्त कुकुरहरुलाई नेपाल भारतको सीमा क्षेत्रमा परिचालन गरिएको छ ।

कुनै व्यक्तिले हातहतियार तथा विस्फोटक पदार्थ लिएर नेपालमा प्रवेश गर्न नसकुन् भन्ने उद्देश्यले विगत केही दिन देखि आठ वटै जिल्लाका सीमावर्ती क्षेत्रहरुमा ‘डग स्कवाड’ को टोली सहित सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख रहेका प्रहरी अतिरिक्त नायव महानिरीक्षक विजयलाल कायस्थले लोकान्तरलाई बताए ।

प्रत्येक जिल्लामा २÷२ वटा ‘डग स्कवाड’ को टोली खटाइएको र यसका अतिरिक्त सीमावर्ती क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरुको संयुक्त गस्ती समेत खटाइएको उनले बताए ।

विप्लव र गोइतका कार्यत्रर्ता पक्राउ

निर्वाचनलाई विथोल्ने वा निर्वाचनमा आपराधिक क्रियाकलाप गर्न सक्ने कुरालाई दृष्टिगत गर्दै आठ वटै जिल्लामा उच्छश्रृङखल व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूह तथा तराई मधेसमा भूमिगत सशस्त्र समुह संचालन गरेका जयकृष्ण गोइत समुहका कतिपय कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ ।

‘दुई सातादेखि नै प्रदेश नं. २ का आठ वटै जिल्लाहरुमा सिके राउतको समूह, विप्लवको समूह र भूमिगत गोइत समूहका कतिपय कार्यकर्ताहरुलाई पक्राउ गरी केही सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाइएको छ’ प्रदेश प्रहरी प्रमुख कायस्थले लोकान्तरसंग भने ।

निर्वाचनका लागि मतदान हुनु अघि र मतदान हुने दिन सम्म सुरक्षा चुनौति बन्न सक्ने तत्वलाई पक्राउ गरिएको प्रहरीले स्वीकार गरेपनि कति संख्यामा पक्राउ गरिएको भन्ने बारे कायस्थले खुलाउन चाहेनन् ।


इन्टरपोलको समेत सहायता

‘यसका अतिरिक्त अन्तर्राष्ट्रिय अपराधिहरुको वान्टेड सूची तथा तिनीहरुको अपराध विवरणसहित प्रदेश नं. २ मा इन्टरपोल खटिएको छ ।’ कायस्थले आइतवार विहान लोकान्तरसँग कुराकानी गर्दै भने, ‘निर्वाचनको समयमा नेपालमा अपराध गरेका वा विदेशमा अपराध गरेका अन्तर्राष्ट्रिय स्तरका अपराधिहरु समेत परिचालन हुन सक्ने भएकाले पनि इन्टरपोलका मानिसहरु जनकपुर सहित प्रदेश नं. २ को आठ वटै जिल्लामा परिचालन भएका छन् ।’

विगतमा दोस्रो चरणको निर्वाचन हुने भनिएपछि तराई मधेसमा भुमिगत भई विद्रोह गरिरहेका जयकृष्ण गोइत समुहले सप्तरी तथा सिरहाको केही सरकारी कार्यालयहरुमा बम विस्फोटन गराएको भएपनि यस पटक निर्वाचनमा त्यस्ता कुनै पनि समुह चुनौति नरहेको कायस्थ बताउँछन् ।

गोईतको गाउँ सप्तरीको त्रिकौलमा पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा मतदान नगरिएको इतिहास यस पटक नदोहोरिने भन्दै प्रदेश प्रहरी प्रमुख कायस्थ भन्छन,“विगतमा के भयो त्यो मलाई थाहा छैन । तर यसपटक गोइतको गाउँ त्रिकौलमा पनि निर्वाचन हुन्छ । शान्तिपूर्वक निर्वाचन त्यहाँ पनि सम्पन्न हुन्छ ।”

मतदान स्थलमा कहिँ पनि सुरक्षा चुनौति नरहेको तर मतदान स्थलभन्दा धेरै टाढा मानिसहरुको पहुँच नहुने स्थानमा कहि कतै निर्वाचन नचाहने तत्वले केही गतिविधि गर्न सक्नेतर्फ आफूहरु सचेत रहेको उनले बताए । ‘विगतको चुनावहरुमा कहि कतै बुथ कब्जा भएको जस्तो यस पटक कसैले पनि बुथ कब्जा गर्न सक्दैन’ उनले भने ।

प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा भोलि गते १ सय ३६ स्थानीय तहका लागि निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

‘केन्द्रीय तहमा गृहमन्त्रीको नेतृत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाएको छ, सोहीअनुसार सुरक्षा निकाय परिचालन भएका छन,’ कायस्थले भने ।

तीन घेरामा सुरक्षा, हेलिकप्टर तयारी अवस्थामा

निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । निर्वाचनलाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ ।
जनकपुर, बारा र सप्तरीमा गरी तीनवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने काठमाण्डौमा पनि हेलिकप्टर ‘स्टेन्डबाई’ राखिएको छ । तेस्रो चरणको निर्वाचनमा छ हजार ६०० पदका लागि ३६ हजार ३१८ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२ नम्बर प्रदेशमा जम्मा २६ लाख ९५० मतदाता र तीन हजार ५७८ मतदान केन्द्र रहेका छन् । दुई नम्वर प्रदेशको आठ जिल्लामा हुन लागेको स्थानीय तहको चुनावका ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरीले २६ हजार जनशक्ति चुनावी सुरक्षामा परिचालन गरेको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले करीब ८ हजार जनशक्ति चुनावमा परिचालन गरेको छ । नेपाली सेनाले झन्डै १८ हजार सुरक्षाकर्मी चुनावमा परिचालन गर्ने जनाएको छ । भदौ १८ गते जनकपुरमा गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा दुई नम्बर प्रदेशका संवेदनशील क्षेत्र, चुनावी सुरक्षा र सुरक्षाकर्मीको परिचालन लगाएका विषयमा छलफल भएको थियो ।

मतदानस्थल, मोवाइल परिचालन, रिजर्व फोर्स, निर्वाचन कार्यलय सुरक्षा र प्रहरीका कार्यलय सुरक्षासहित चुनावभर दुई नम्वर प्रदेशमा २६ हजार एक सय ५० प्रहरी परिचालन हुनेछन् । ती मध्ये २१ हजार चार सय २८ जना प्रहरी मतदान केन्द्रको सुरक्षामा खटिने छन् ।

दुई नम्वर प्रदेश संघीय इकाई कार्यलयका अनुसार सप्तरीमा ३ हजार ९ सय ३५, सिरहामा दुई हजार सात सय ६५, धनुषामा चार हजार पाँच, महोत्तरीमा तीन हजार ८४, सर्लाहीमा तीन हजार सात सय ७३, रौतहटमा तीन हजार एक सय ६, वारामा तीन हजार दुई सय ७८ र पर्सामा दसई हजार एक सय ६९ प्रहरी चुनावी सुरक्षामा परिचालन हुनेछन् ।

प्रहरीले चुनावी सुरक्षाका लागि गाउँपालिकामा दुई वटा, उपमहानगर र नगरपालिकामा तीन वटा तथा महानगरपालिकामा चार वटा मोबाइल फोर्स परिचालन गर्ने योजना बनाएको छ ।

सुरक्षा निकायले मतदानस्थलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजित गरेको छ । यहीँ अनुसारको सुरक्षा व्यवस्था गरेको छ । दुई नम्वर प्रदेशका ८ जिल्लाका दुई हजार १ सय ६६ मतदानस्थल मध्ये एक हजार तीन मतदानस्थलाई अति संवेदनशील सूचिमा राखिएको छ ।

एक हजार मतदानस्थल अति संवेदनशील

जिल्लागत हिसवाले हेर्दा धनुषामा २ सय २२ अति संवेदनशील र एक सय पाँच संवेदनशील मतदानस्थल छन् । त्यसबाहेक सिरहामा १ सय ९ अति संवेदनशील, ९ संवेदनशील र २ सामान्य मतदानस्थल छन् । सप्तरीमा २ सय ६ अति संवेदनशील,२ सय ३५ संवेदनशील मतदानस्थल छन् । सर्लाहीमा १ सय ४१ अति संवेदनशील, १ सय ५१ संवेदनशील र २५ सामान्य मतदानस्थल छन् ।

यसबाहेक पर्सामा ३७ अति संवेदनशील, ८९ संवेदनशील र १५ सामान्य मतदानस्थलका रुपमा लिइएको छ । वारामा ६६ अति संवेदनशील, १ सय २९ संवेदनशिल र १ सय ९ सामान्य मतदानस्थल छन् । रौतहटमा ८२ अति संवेदनशील, ८७ संवेदनशील र १ सय ८ सामन्य मतदानस्थल छन् ।

निर्वाचनमा सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी ४ वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन् ।

मतदान केन्द्र, मतदान अधिकृत, मतदान स्थलमा खटिएका कर्मचारी, मतपेटिका, मत पत्र, मतदान गर्न आउने मतदाता, उम्मेदवारहरु लगायतको सुरक्षाको दायित्व नेपाल प्रहरीकै रहेका कारण नेपाल प्रहरीको भुमिका मुख्य रहेको एसएसपी चौधरी बताउँछन् । एकीकृत सुरक्षा योजना अनुसार निर्वाचनमा खटिएको सुरक्षाकर्मीहरुको लागि संयूक्त रुपमै सुरक्षा योजना निर्माण गरिएको हो ।

जिल्ला सुरक्षा समितिहरुको निर्णयहरुबाट विभिन्न जिल्लाहरुमा अतिसम्बेदनशिल, संवेदनशिल र सामान्य गरी तीन क्याटेगोरीमा मतदान केन्द्रहरुलाई बर्गीकरण गरिएको छ । जिल्लाहरुमा छुट्टै रिजर्व टोली, संघीय प्रहरी इकाईमा छुट्टै रिजर्व टोली राख्नुका साथसाथै जिल्लाहरुमा मोवाईल टोली खटाइएको छ । म्यादी प्रहरीको ठाउँमा विभिन्न जिल्लाहरुबाट थप मदत झिकाई नेपाल प्रहरीलाई परिचालन गरी जनशक्ति व्यवस्थापन गरिएको छ ।

उपमहानगरपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा २० जना सुरक्षाकर्मीहरुको टोली जिल्लामा रिजर्व राखिएको छ । त्यसैगरी नगरपालिकाहरुमा ७÷७ जनाको ३ वटा र गाउँ पालिकामा २ वटा मोवाईल टोली खटाइएको छ । धनुषामा मात्रै ४८ वटा, महोत्तरीमा ४० वटा र सर्लाहीमा ५१ वटा गरी ३ जिल्लाका लागि कुल १ सय ३९ वटा मोवाईल टोली खटाइएको छ । केन्द्रिय योजना अनुसार कतिपय सवारी साधनहरु व्यवस्थापन गरिएको छ भने मोवाईल टोलीका लागि सवारी साधनहरु भाडामा समेत लिइएको छ ।

भोलि दुई नम्वर प्रदेशका १३६ स्थानीय तहमा चुनाव हुँदैछ । जसमा एक महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । यहाँबाट ६६२७ प्रतिनीधि निर्वा्चित हुनेछन् । यहाँ मतदानस्थल २१६६ र मतदान केन्द्र ३५७८ छन् । चुनाव गराउन ३१ हजार पाँच सय कर्मचारी खटिएका छन् । २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् ।

धनुषामा १८ स्थानीय तह, १६९ वडा, ३२७ मतदानस्थल, ५३२ मतदान केन्द्र र तीन लाख ८९ हजार ३ सय ९१ मतदाता छन् । महोत्तरीमा १५ स्थानीय तह, १३८ वडा, २५८ मतदानस्थल, ४१५ मतदान केन्द्र र तीन लाख ८ हजार ४ सय ९ मतदाता छन् । सर्लाहीमा २० स्थानीय तह, २ सय वडा, ३१८ मतदानस्थल, ५०१ मतदान केन्द्र र ३ लाख ६६ हजार ६०० सय मतदाता छन् । रौतहटमा १८ स्थानीय तह, १५७ वडा, २७७ मतदानस्थल, ४३४ मतदान केन्द्र र ३ लाख २१ हजार १८ मतदाता छन् ।

बारामा १६ स्थानीय तह, १६७ वडा, ३०३ मतदान स्थल, ४५८ मतदान केन्द्र र तीन लाख ३४ हजार सात सय ४६ मतदाता छन् । पर्सामा १४ स्थानीय तह, ११२ वडा, १६७ मतदानस्थल, ३४४ मतदान केन्द्र र २ लाख ८० हजार २१२ मतदाता छन् । सप्तरीमा १८ स्थानीय तह, १६४ वडा, २९५ मतदानस्थल, ४६२ मतदान केन्द्र र तीन लाख ३१ हजार ६ सय ७९ मतदाता छन् । सिरहामा १७ स्थानीय तह, १६४ वडा, २२१ मतदानस्थल, ४३१ मतदान केन्द्र र तीन लाख ३२ हजार ८ सय ९५ मतदाता छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x