२३ असार २०८३, मंगलबार

चन्द्रमामा अवतरणअगावै दुर्घटनामा पर्‍यो रुसको लुना– २५ यान

भदौ ३, २०८०
काठमाडौं
चन्द्रमामा अवतरणअगावै दुर्घटनामा पर्‍यो रुसको लुना– २५ यान

झण्डै ५० वर्षपछि अगाडि बढेको रुसको चन्द्रमा मिसन 'फेल' भएको छ ।

लुना– २५ नाम दिएर पठाइएको यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने प्रयासका क्रममा दुर्घटनामा परेको हो ।

उक्त मानवरहित यानलाई सोमवार अवतरण गराउने तयारी थियो ।

अवतरण गर्नुअघिको कक्षमा पुगेपछि यानमा समस्या देखिएको थियो । समस्या देखिनेबित्तिकै सम्पर्कविच्छेद भएको अधिकारीहरूले बताएका छन् ।

सन् १९७६ यता रुसको यो पहिलो चन्द्रमा मिसन थियो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि मुलुकले यान अवतरण गराउन सकेका छैनन् ।

भारतको चन्द्रयान- ३ पनि दक्षिणी ध्रुवमा अवतरण गर्न प्रयासरत छ ।

salt training

कमेन्ट गर्नुहोस्