२५ जेठ २०८३, सोमबार

पेरूमा बस दुर्घटना : १३ जनाको मृत्यु, ५ गम्भीर घाइते

भदौ ३, २०८०
काठमाडौं
पेरूमा बस दुर्घटना : १३ जनाको मृत्यु, ५ गम्भीर घाइते

लिमा– पेरूको पहाडी क्षेत्र एन्डिजमा यात्रुवाहक एउटा दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनका साथै अन्य पाँच जना गम्भीर घाइते भएका अधिकारीहरूले बताएका छन् । 

करिब ५० जना यात्रु बोकेको बस एण्डियन शहर विल्काशुआमानबाट राजधानी लिमातर्फ आउँदा पहाडी भेगको खोचमा आज बिहान खसेको हो हुआतारा जिल्ला प्रहरी चौकीका एक अधिकारीले एएफपीलाई बताए । घाइतेहरूको पिस्को शहरको अस्पतालमा उपचार भइरहेको छ । 

तीव्र गति, मर्मतसम्भार नगरिएका खराब सडक, सुरक्षा तथा जोखिमसूचनक सडक सङ्केतको कमी र सवारी नियमको अक्षरसः पालना नहुँदा पेरूका राजमार्गमा प्रायः दुर्घटना भइरहन्छन् । 

विश्व स्वास्थ्य सङ्गठनले सन् २०१९ मा सार्वजनिक गरेको एक अध्ययनअनुसार त्यस वर्ष चार हजार चार सय १४ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो । –रासस–

salt training

कमेन्ट गर्नुहोस्