०८ साउन २०८३, शुक्रबार

श्रीलङ्कामा खडेरीका कारण बालीनालीमा क्षति भएपनि धानको अभाव नहुने

भदौ ३, २०८०
काठमाडौं
श्रीलङ्कामा खडेरीका कारण बालीनालीमा क्षति भएपनि धानको अभाव नहुने

सुख्खा मौसमका कारण हालको बालीमा परेको असरका बाबजुद श्रीलङ्काले आगामी खेतीको मौसम नआउन्जेल धानको अभाव हुन सक्ने सम्भावनालाई नकारेको छ । 

कृषिमन्त्री महिन्दा अमरवीरालाई उद्धृत गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “चालू मौसममा पाँच लाख तीन हजार हेक्टर जमिनमा धान खेती गरिएको छ, जसमध्ये केही बाली खडेरीबाट प्रभावित भएका छन् ।

गत वर्ष रोपाइँको मौसममा राम्रो रोपाइँ भएकाले एक बर्ष धानको अभाव नहुने उनले बताए ।

श्रीलङ्काको मौसम विज्ञान विभागले सेप्टेम्बरको अन्त्यसम्म सुख्खा याम जारी रहने पूर्वानुमान गरेको छ ।    श्रीलङ्काको मुख्य भोजन धान हो र दक्षिण एसियाली यस देशमा वर्षमा दुई मौसममा धान खेती गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्