१४ असार २०८३, आइतबार

भारतले गर्‍यो चन्द्रमा मिसनको सफ्ट ल्याण्डिङको समयतालिका सार्वजनिक

भदौ ३, २०८०
काठमाडौं
भारतले गर्‍यो चन्द्रमा मिसनको सफ्ट ल्याण्डिङको समयतालिका सार्वजनिक

नयाँ दिल्ली– भारतले चन्द्र मिसन–३ (चन्द्रयान–३)को ल्यान्डर मोड्युल अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम रहेको बताएको छ । भारतीय मानक समयअनुसार भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले आइतवार आधिकारिक रूपमा यसबारे घोषणा गरेको छ ।

अन्तरिक्ष एजेन्सीले विज्ञप्ति जारी गर्दै भनेको छ, पललाई राज्य सञ्चालित टीभी च्यानल दूरदर्शन र फेसबुक र युट्युबजस्ता विभिन्न सामाजिक मिडिया प्लेटफर्महरूबाहेक यसको वेब साइटमा समेत प्रत्यक्ष प्रसारण गरिनेछ ।

भारतको चन्द्र मिसन–३ जुलाई १४ मा प्रक्षेपण गरिएको थियो र बिहीवार ल्यान्डर मोड्युल अन्तरिक्ष यानबाट अलग भएको थियो ।

चन्द्रयान–३ को सफ्ट ल्यान्डिङको सक्रियताका साथ विद्यार्थीहरूका बीचमा प्रचारप्रसार गर्न र यसको लाइभ स्ट्रेस व्यवस्थित गर्न दक्षिण एसियाली देशका सबै विद्यालय र शैक्षिक संस्थाहरूलाई आमन्त्रित गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्