१० असार २०८३, बुधबार

बिराटको प्रेममा परिन् आलिया, अनुस्काको के होला ?

कात्तिक २०, २०७४
बिराटको प्रेममा परिन् आलिया, अनुस्काको के होला ?

भारतीय क्रिकेट र बलिउडलाई सँगै जोडेर गरिने कुरामा क्रिकेटर बिराट कोहली र बलिउड अभिनेत्री अनुस्का शर्माको प्रेम प्रसंग जहिले पनि उदाहरण बन्ने गर्छ ।

बिराट र अनुस्काले पनि दुवै जना प्रेममा रहेको भनेर बेला बेला तस्बिर सार्वजनिक गरिरहन्छन् । दुवै जना आफ्नो प्रेम लुकाउने पक्षमा कहिल्यै देखिएनन् ।

तर बलिउड बजारमा चलेको एक ‘हल्ला’का अनुसार अब बिराट र अनुस्काको प्रेम सम्बन्धमा एक नयाँ नायिकाको इन्ट्री भएको छ । ती हुन् बलिउडकी सुन्दरी आलिया भट्ट ।

पछिल्लो समय आलिया र बिराटबीच ‘केही चलिरहेको’ भनेर चर्चा चलेको छ ।

गतवर्ष दिल्लीको नोयडामा भएको एक अटो एक्सपोमा बिराट र आलिया सँगै नाचेका थिए । त्यहिँबाट दुवैजनाबीच मित्रता बढेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । चर्चामा आएका विभिन्न समाचारका अनुसार अहिले दुवैजना नजिक छन् ।

त्यसो त बिराटले जहिले पनि आलियाको प्रसंशा गर्ने गर्छन् । अनुस्काकै अगाडि पनि बिराटले आलियाको प्रसंशा गरेका थिए ।

यसअघि आलिया बलिउड अभिनेता सिद्धार्थ मल्होत्रासँग प्रेम सम्बन्धमा थिइन् । तर हालै मात्र दुवै जनाको ब्रेकअफ भइसकेको छ । सिद्धार्थसँगको ब्रेकअफ पछि आलिया बिराटसँग नजिकिएकी हुन् । 

अब बिराटले आलियासँग प्रेम नै गर्न थालिसकेपछि थाहा छैन् अनुस्काको के होला ?

salt training

कमेन्ट गर्नुहोस्