
बाढीपहिरोले देशभरका ६ वटा राजमार्ग पूर्णरूपमा अवरूद्ध भएका छन् ।
सडक विभागका अनुसार तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक अवरूद्ध छ ।
त्यस्तै कोशी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान धनकुटा हिले, तेघुवाघाट तुम्लिङ्गटार खाँदवारी नुम हुँदै किमाथाङ्का जोड्ने सडक मुढेमा अवरूद्ध छ।
बालाजु–त्रिशुली–धुन्चे हुँदै स्याफ्रुबेसी जोड्ने सडक नुवाकोटको निगालेमा अवरूद्ध रहेको विभागले जनाएको छ ।
राप्ती राजमार्गअन्तर्गत अमेलिया–तुल्सिपुर–शितलपाटी–थारमारे–मुसीकोट जोड्ने सडक सल्यानको जलेखर्कमा अवरूद्ध रहेको छ ।
विभागका अनुसार तानसेन-रिडी-कोरला सडक र डुम्रे-बेशीसहर-चामे सडक समेत पूर्ण रूपमा अवरुद्ध छन् ।
बाढीपहिरोले ४५ सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको विभागले जनाएको छ । विभागका अनुसार १६३ वटा सडकमा भने नियमित यातायात सञ्चालन भइरहेका छन् ।