०९ असार २०८३, मंगलबार

काठको बलियो विकल्प बन्दै युपिभिसी

कात्तिक २०, २०७४
काठको बलियो विकल्प बन्दै युपिभिसी
१२÷१४ वर्ष अगाडी तातोपानीबाट सामानहरु ल्याएर न्युरोडमा व्यवसाय शुरु गरेको क्षमादेबी ग्रुपले निमाणजन्य सामग्रीमा बजारको ठूलो हिस्सा ओगटिसकेको छ । चीनबाट लत्ताकपडा, क्यासेटहरु ल्याएर व्यवसाय शुरु गरेको क्षमादेबीले ‘गरे के हुँदैन ?’ भन्ने कुरालाई अझै स्पष्ट पारेको छ । कर्पोरेट क्षेत्रमा स्थापित भइसकेको क्षमादेबी विल्डिङ मेट्रियल्स प्रालिले युपिभिसी, प्रिफ्याब तथा आल्मुनियमका सामग्रीहरु उपभोक्तासामु पुर्याइरहेको छ ।rajkumar_1प्रालिका अध्यक्ष राजकुमार बस्नेतसँग युपिभिसी, प्रिफ्याब तथा यसको उपयागिताबारे लोकान्तरकर्मीले गरेकोे कुराकानीको सम्पादित अंशः

के हो युपिभिसी ?
युपिभिसी हेर्दाखेरी प्लाष्टिकजस्तो, हलुका भएपनि आगलागीबाट जोगाउने बिशेषता भएको बस्तु हो । युुपिभिसीका उत्पादनमा आगलागी नहुने, भूकम्प प्रतिरोधी हुने, काठ भन्दा ६० गुणा सस्तो हुने कुरा सबै ग्राहकले थाहा पाएका छन् । काठको तुलनामा ६० प्रतिशत सस्तोमा प्रिफ्याबको घर बनाउन सकिन्छ ।

कसरी ल्याइयो युपिभिसी ?
सात वर्षअगाडी काठहरु विस्तारै महंगो भइरहेको अवस्थामा घर निर्माणमा नयाँ विकल्पको खोजी गर्यौं । त्यस क्रममा युपिभिसी बजारलाई आवश्यकता देखियो । त्यसपछि हामीले क्षमादेबी विल्डिङ मेट्रियल्स प्रालिमार्फत युपिभिसी अर्थात् अनप्लास्टिसाइज्ड पोलिभिनायल क्लोराइडयुक्त निर्माण सामग्री ल्याएने निधो गरियो । अहिले निकै प्रभावकारी रुपमा प्रचलनमा आएको छ ।

युपिभिसी र प्रिफ्याबका झ्याल ढोका लगायतका घर निर्माण सम्बन्धि सामग्रीको माग बढ्दो छ । खासगरी हामीले वातावरणमैत्री अभियान शुरु गरेका हौं, वनजंगल जोगाउने अभियान शुरु गरेका हौं । युपिभिसी शुरु गरेको केही वर्षपछि हामीले प्रिफ्याब शुरु गर्यौं । हामीले युपिभिसीका झ्याल र ढोकापश्चात आल्मुनियमका उत्पादन थप गरिएको थियो । भूकम्पपछि प्रिफ्याब घरको उच्च माग थियो । प्रिफ्याब प्यानल, सिमेन्ट बोर्ड राखेका छौं । त्यस्तै त्यस अन्तरगत चाहिने फल सेलिङका आइटम थप गरेको छौं ।

निर्माण सामग्रीका हरेक सामान एकै स्थानमा उपलब्ध छ । एउटा पूर्णघर बनाउन चाहिने सबै सामग्री हामीकहाँ हुने हाम्रो योजना छ । हाम्रो ५÷६ वटा छुट्टाछुट्टै विभाग छ । सबै विभागले छुट्टाछुट्टै काम गर्ने गर्छ । क्षमादेबीको बजार हिस्सा कति ? घर निर्माणका क्षेत्रमा देखिएका कयौं प्रतिपस्र्धाका बीचमा हामी छौं । हाम्रो नयाँ क्षेत्र पनि भएकाले केही विज्ञहरुको सहयोगमा हामी अगाडी बढिरहेका छौं । काठमाडौं उपत्यका र उपत्यका बाहिरको युपिभिसीको बजारमा क्षमादेबी ५० प्रतिशत हिस्सा ओगटेको छ ।

अहिले काठको १५ सयदेखि दुई हजार रुपियाँ प्रति स्वायर फिट पर्छ तर युपिभिसीको डिजाइन अनुसार ५ सय देखि ७ सयसम्म प्रति स्वायर फिट पर्ने गर्छ । सस्तो रेट रहेकाले पनि व्यक्तिगत प्रयोग कर्ता हाम्रा धेरै ग्राहक छन् । त्यस्तै स्कुल, स्वास्थ चौकी, व्यापारिक भवनका लागि धेरै समान बिक्री हुने गरेको छ । पहिला पहिला व्यक्तिगत घरमा पनि प्लास्टिकबाट बनेको झ्याल, ढोका भन्दा अचम्ममा पर्ने मानसिकता थियो । तर अहिले प्लास्टिक र युपिभिसीको फरकबारे आम प्रयोगकर्ताको धारणा परिवर्तन भएको छ ।

गुणस्तरमा सचेत छौं
ग्राहकको इच्छा बमोजिम हामी सामानहरु दिइरहेका छौं । वास्तवमा व्यवसाय भनेको ग्राहकको विश्वासमा बाँचेको हुन्छ । त्यसको आधार नै गुणस्तर हो । हामी गुणस्तरमा हाम्रा ग्राहकलाई विश्वस्त पार्छौं । उपभोक्ताको छनोट र विश्वासलाई जहिले पनि हामी ध्यान दिइरहेका हुन्छौं ।

छिट्टै नेपालभर पुग्छौं
क्षमादेवी गु्रपले देशभर विभिन्न शाखा सञ्चालन ल्याउने तयारी गर्दैछ । हाम्रा उत्पादनलाई डिलर मार्फत् पनि केही स्थानमा सामान पुर्याएका छौं । चितवन, नेपालगञ्ज, पोखरा लगनयतका क्षेत्रमा डिस्ट्रिब्युटर्स फैलाउँदै लैजाने योजना छ । सरकारले सहयोग गर्नुपर्छ बजारलाई आवश्यक देखिएको यो व्यवसायका लागि सरकारले पनि सचेतना दिनमा सहयोग पुर्याउनुपर्छ । अहिले ३ सय जना कामदार छन् । १५ प्रतिशत भन्सार, १३ प्रतिशत मूल्य अभिबृद्धि कर र ४ प्रतिशत फाइल चार्ज गरी ३२ प्रतिशत कर तिर्छौं । यति ठूलो कर तिर्ने व्यवसायको प्रबद्र्धनमा सहयोग पुर्याउनु सरकारको पनि दायित्व हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्