राजविराज, २ असोज - राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का वडाध्यक्ष उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि आज हुने सो वडाको मतदान भएन | सो स्थानको मतदान अब यही असोज ५ गते गर्ने निर्णय भएको छ ।

साबिकको देउरी भरुवा गाविस हाल राजविराज नगरपालिका–१५ बस्ने राजपाका वडाध्यक्ष पदका उम्मेदवार ६५ वर्षीय यादव केही दिनयता रक्त क्यान्सरबाट पीडित थिए र शनिबार साँझ घरमै उनको निधन भएको थियो ।
यादवको निधनका कारण राजविराज नगरपालिका वडा नं १५ को निर्वाचन सारेर यही असोज ५ गते मतदान हुने सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताए ।
उनले राजविराज नगरपालिका वडा नं १५ बाट राजपा नेपालका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।