२२ जेठ २०८३, शुक्रबार

बेलायतमा आतंकवादको खतरा कम हुँदै गएको दावी

कात्तिक २०, २०७४
बेलायतमा आतंकवादको खतरा कम हुँदै गएको दावी

लण्डन, २ असोज– तीन दिन पहिले लण्डनमा एक भूमिगत रेलमा आक्रमण गरी ३० जना घाइते भएपनि संयुक्त अधिराज्यले आइतबार आफ्नो देशमा आतङ्कवादी खतरामा कमी आएको जनाएको छ ।

बेलायती गृहमन्त्री अम्बर रुदले बेलायतमा आतङ्कवादीहरूले एकाध घटना गराएपनि समग्रमा यहाँको सुरक्षास्थिति मजबुत रहेको बताए ।

उनले भने, ‘संयुक्त अधिराज्यमा आतङ्कवादीबाट रहेको खतराको तह ‘सङ्कटग्रस्त’ अवस्थाबाट केही सुधार भई ‘गम्भीर’ अवस्थामा आएको छ ।’
बेलायतले लण्डनको भूमिगत रेलमा भएको घटनामा सम्लग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएपछि उक्त भनाई बाहिर ल्याएको हो ।

प्रहरीले सम्लग्न भएको आरोपमा अन्य केही जनाको खोजी गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्