
काठमाडौं, २ असोज — डेरा सच्चा सौदा प्रमुख राम रहीमकी प्रियपात्र हनीप्रीतका काला कर्तूतहरू दिनदिनै खुलासा भइरहेका छन् ।

हनीप्रीतकी साथी तथा पूर्वसाध्वीले गरेको खुलासाअनुसार हनीप्रीत राम रहीमकी मानेकी छोरी थिइनन् । उनी त पत्नी जस्तो गरी बस्थिन् र एउटै खाटमा सुत्थिन् । कारमा समेत उनीहरूले ओछ्यान राखेको आफूले देखेको साथीले दाबी गरिन् ।
डेराकी पूर्वसाध्वीका अनुसार जिम ट्रेनरसँग हनीप्रीतले एकचोटि भनेअनुसार उनी कहिल्यै थाक्दिनन् किनकि उनमा पापाजी अर्थात् राम रहीमको आशीर्वाद छ ।
पूर्वसाध्वीले खुलासा गरेअनुसार हनीप्रीत एक खास गुलाबी रंगको रक्सी पियाएर युवतीहरूलाई बेहोश पार्थिन् ।
उनी रक्सीमा केही नशालु पदार्थ मिसाउँथिन् जसका कारण युवतीहरू अर्धचेत अवस्थामा राम रहीमको खाटमा पुग्थे ।
हरियाणा प्रहरी अहिले हनीप्रीतको खोजी गरिरहेको छ । बाबालाई जेलमा छोडेपछि उनी भागेर नेपाल आएको बताइएको छ ।
प्रहरीले उनको खोजीमा बिहारका कैयौं जिल्ला तथा नेपालको सिमानामा खोजी अभियान चलाएको छ ।
एजेन्सी