०८ साउन २०८३, शुक्रबार

जुड बेलिङ्घमको सनसनीपूर्ण दोस्रो गोल, इङ्गल्याण्डलाई २–१ को अग्रता

असार २८, २०८३
काठमाडौं
जुड बेलिङ्घमको सनसनीपूर्ण दोस्रो गोल, इङ्गल्याण्डलाई २–१ को अग्रता

 विश्वकप २०२६ को दोस्रो क्वाटरफाइनलमा इङ्गल्याण्डले नर्वे विरुद्ध  अग्रता लिएको छ। निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयको तेस्रो मिनेट (९३ औं मिनेट) मा जुड बेलिङ्घमले उत्कृष्ट गोल गर्दै इङ्गल्याण्डलाई २–१ को स्थितिमा पुर्‍याएका हुन्।

यसअघि खेलको ३६ औं मिनेटमा आन्द्रेअस सेल्डरुपले गोल गर्दै नर्वेका लागि अग्रता दिलाएका थिए। तर, बेलिङ्घमले नै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। फेरि एकपटक अतिरिक्त समयमा गोल गर्दै बेलिङ्घम इङ्गल्याण्डका लागि संकटमोचक सावित भएका छन्।

salt training

कमेन्ट गर्नुहोस्