
प्रशासनले निषेधाज्ञा जारी गरेपछि धरानमा सार्वजनिक सवारी साधन चलेका छैनन् । बिहानेदेखि सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने मानिसहरूको चहलपहल पनि न्यून छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिवार रातिदेखि नै धरान उप-महानगरपालिकामा निषेधाज्ञा जारी गरेको थियो ।
विभिन्न हिन्दू संगठनहरूले आज धरानमा धार्मिक र्याली आयोजना गरेका थिए । उनीहरूले र्याली गरिरहेको समयमा अर्को पक्षले पनि कुनै गतिविधि गरे सामाजिक सद्भाव खल्बलिन सक्ने जोखिमलाई मध्येनजर गर्दै प्रशासनले निधेधाज्ञा जारी गरेको हो ।

बिहीवार साँझदेखि नै धरान प्रवेश गर्ने नाकाहरूमा कडाइ गरिएको थियो । अहिले पनि नाकाहरूमा कडाइका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ ।
नाकाहरूमाठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिलेसम्म धरान सुनसान रहेको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले बताए ।
उनका अनुसार धरानमा प्रदेश प्रहरी कार्यालयले अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी बोलाएको छ ।
