०९ साउन २०८३, शनिबार

चुच्चेपार्टीमा तिलगङ्गा सिटी आई सेन्टर शुभारम्भ

भदौ ९, २०८०
काठमाडौं
चुच्चेपार्टीमा तिलगङ्गा सिटी आई सेन्टर शुभारम्भ

तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौंको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’को शुभारम्भ गरेको छ । 

सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगङ्गा आँखा अस्पतालका चिकित्सकहरुको समूहबाट उपचार गराउने उद्देश्यले सिटी आई सेन्टर सञ्चालनमा ल्याइएको हो । 

सेन्टरको तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले सेन्टर उद्‌घाटन गरेका हुन् । 

सेन्टरले आजदेखि नियमित आँखा परीक्षणलगायत जटिल शल्यक्रियाको सेवा उपलब्ध गराउने छ । 

सेन्टरमा मोतियाविन्दुको शल्यक्रिया, जलविन्दुको उपचार, कोर्निया र रेटिनाको उपचार, आँखाको सौन्दर्य र अल्छी आँखाको व्यवस्थापनको उपचार गरिने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्