०५ साउन २०८३, मंगलबार

मधेसमा कांग्रेसलाई बलियो बनाउन सबै जुट्नुपर्छ : नेता निधि

भदौ १०, २०८०
धनुषा
मधेसमा कांग्रेसलाई बलियो बनाउन सबै जुट्नुपर्छ : नेता निधि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मधेस प्रदेशमा कांग्रेसलाई बलियो बनाउने गरी काम गर्न आग्रह गरेका छन् । 

शनिबार जनकपुरधामको श्री महाविर युवा किमिटिका कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदभार, सपथ ग्रहण र प्रमाणपत्र वितरणको अवसरमा नेता निधिले मधेसमा पहिले जस्तै कांग्रेसलाई बलियो बनाउन सबै जु्ट्नुपर्ने बताए । उनले सङ्घीयता बलियो बनाउनुपर्ने भन्दै प्रदेशमा अधिकार प्रत्यायोजन गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा निर्वाचन अधिकृत राकेशविक्रम साहले कमिटीका नवनिर्वाचित अध्यक्ष अजय गुप्ता नेतृत्वको ११ सदस्यीय पदाधिकारी र सदस्यलाई सपथ गराएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्