
काठमाडौं, २ असोज — इर्मा आँधीको विनाशबाट बल्लबल्ल ब्युँतिरहेको क्यारिबियाली टापुसमूहमा मारिया नामक आँधी आउने देखिएको छ । यो आँधी अहिले लीवार्ड टापुतिर बढिरहेको छ ।

यो क्याटेगोरी १ आँधी अबको ४८ घन्टामा बलियो हुँदै जाने र सोमवार अबेरमा टापुमा आइपुग्ने अमेरिकी राष्ट्रिय आँधी केन्द्रले बताएको छ ।
इर्माकै बाटो हुँदै यो अघि बढिरहेको बताइएको छ ।
गुआदेलूप, डोमिनिका, सेन्ट किट्स एन्ड नेभिस, मोन्तसेरात लगायतका स्थानमा आँधीको चेतावनी जारी भएको छ ।
यसअघि आएको इर्मा आँधीका कारण कम्तीमा ३७ जनाको मृत्यु भइसकेको छ भने अर्बौं डलर बराबरको क्षति भएको छ ।
मारिया आँधीका हावाहरू ८५ किलोमिटर प्रतिघन्टाको दूरीमा अघि बढिरहेको छ ।
आँधीको केन्द्रविन्दु बार्बाडोसभन्दा १४० माइल उत्तरपूर्वमा रहेको र यो १३ माइल प्रतिघन्टाको गतिमा अघि बढिरहेको बताइएको छ ।
बीबीसीबाट