१२ असार २०८३, शुक्रबार

यी क्षेत्रमा रातिदेखि भारी वर्षा, आसपासका नदीमा आकस्मिक बाढी आउन सक्ने

भदौ १०, २०८०
काठमाडौं
यी क्षेत्रमा रातिदेखि भारी वर्षा, आसपासका नदीमा आकस्मिक बाढी आउन सक्ने

पछिल्लो ३ घण्टामा बाराको निजगढ, कोभी, अम्लेगंज र सर्लाहीको कर्मैया आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । 

बकैया नदी क्षेत्र भई बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ । 

यस्तै पछिल्लो ३ घण्टामा सङ्खुवासभाको खादबारी, तुम्लिङ्टार,सप्तकोशी चतरा,लेवाघाट धनकुटा,खोटाङ्ग बजार वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने स-साना खोलाहरूमा आकस्मिक जलसतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

मध्ये राति मकवानपुरको मकवानपुरगढी, कास्कीको लुम्ले र जुम्लेटी ,पर्साको ठोरी, बाराको कलैया र परवानीपुर बर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक  बाढीको जोखिम र पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्