२३ जेठ २०८३, शनिबार

निर्वाचन आयोग भन्छ, १२ बजेसम्म ३५ प्रतिशत मत खस्यो

कात्तिक २०, २०७४
निर्वाचन आयोग भन्छ, १२ बजेसम्म ३५ प्रतिशत मत खस्यो
काठमाडौं, २ असोज– स्थानीय तहको तेस्रो चरण निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा भइरहेको मतदानमा सोमबार दिउँसो १२ बजेसम्ममा ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार प्रदेश नम्बर दुईका सवै निर्वाचन केन्द्रमा उत्साहपूर्ण सहभागिता रहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसा अहिलेसम्म अधिकांश जसो स्थानमा मतदान शान्तिपूर्ण रुपमा जारी रहेको छ ।

दुई नम्बर प्रदेशमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकागरि १३६ स्थानीय तहमा आज मतदान भइरहेको छ । आजको मतदानबाट ६ हजार ६२७ जनप्रतिनिधि निर्वाचिन हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्