२४ जेठ २०८३, आइतबार

किस विवाद : स्पेन फुटबल संघका अध्यक्षलाई फिफाले गर्‍यो निलम्बन

भदौ १०, २०८०
काठमाडौं
किस विवाद : स्पेन फुटबल संघका अध्यक्षलाई फिफाले गर्‍यो निलम्बन

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले स्पेन फुटबल संघका अध्यक्ष लुइस रुबियालेसलाई निलम्बन गरेको छ ।

फिफाको अनुशासन समितिले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै फुटबल गतिविधिमा अस्थायीरूपमा प्रतिबन्ध लगाएको हो । उनलाई ९० दिनका लागि निलम्बित गरिएको बीबीसीले जनाएको छ । 

स्पेनले महिला फुटबल विश्वकप जितेपछि उनले मैदानमै एक महिला खेलाडीको ओठमा चुम्बन गरेका थिए । यसलाई लिएर उनको व्यापक आलोचना भएको थियो । 

सपेनले भने त्यति ठूलो खुसीमा चुम्बन सामान्य भएको प्रतिक्रिया दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्