२४ जेठ २०८३, आइतबार

उद्योग समितिको सभापतिमा रास्वपाका पराजुलीले जनमतका खानसँग प्रतिस्पर्धा गर्ने

भदौ १०, २०८०
काठमाडौं
उद्योग समितिको सभापतिमा रास्वपाका पराजुलीले जनमतका खानसँग प्रतिस्पर्धा गर्ने

प्रमुख दलबीचको भागबन्डामा नपरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिमा उम्मेदवार उठाउने तयारी गरेको छ । 

रास्वपाका तर्फबाट उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने तयारी रहेको सचेतक निशा डाँगीले जानकारी दिइन् ।

सत्ता गठबन्धनको तर्फबाट उद्योग वाणिज्यमा जनमत पार्टीका अब्दुल खानले उम्मेदवारी दिँदैछन् । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाबाट असीम शाह, पार्टीका उपसभापति डोलप्रसाद अर्याल र गणेश पराजुली सदस्य भएकोले उम्मेदवार बनाउने तयारी भएको हो ।

संसद्‌मा २ संयुक्त र १० वटा विषयगत समिति छन् । विषयगततर्फ कांग्रेसका ४, एमालेका ३, माओवादीको २, जसपा र जनमतले एक/एक सभापति लिने भागबन्डा  भएको छ ।

भागबन्डा अनुसार नै उम्मेदवारी दिने तयारी सत्तारुढ र प्रतिपक्षको छ । 

राप्रपा र रास्वपा समितिको भागबन्डामा परेका छैनन् । आज समितिको सभापतिको लागि उम्मेदवारी मनोनयन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्