११ साउन २०८३, सोमबार

सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त बने – प्रचण्ड

भदौ १०, २०८०
काठमाडौं
सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त बने – प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताएका छन् ।

सरकारले गरेका राम्रा कामबाट अत्तालिएकाहरूले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको उनको दाबी छ ।

माओवादी केन्द्र निकट बुद्धिजीवीहरु संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

‘पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएका छन् । उनीहरूले माओवादी पार्टी ,सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन् । त्यसलाई चिर्न बुद्धिजीवी संगठनले महत्वपूर्ण रोल खेल्नुपर्छ’ प्रधानमन्त्रीले भने ।

salt training

कमेन्ट गर्नुहोस्